माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

बैठकको एजेन्डा नखुलाइए पनि सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले ल्याउन लागेको अविश्वास प्रस्तावबारे छलफल गर्ने तयारी रहेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

मंगलबार नै जनता समाजवादी पार्टीले पनि अविश्वास प्रस्तावबारे छलफल गर्न बैठक राखेको छ ।



from समाचार – Online Khabar https://ift.tt/3eFeqlI

Post a Comment

0 Comments