वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

३१ चैत, काठमाडौं । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-३ प्रगतिनगरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नारायणी अस्पतालमा भर्ना भएका उनको आज मंगलबार बिहान ८ः२० बजे मृत्यु भएको हो ।

एक महिनाअघि नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।

श्वासप्रश्वासमा समस्यामा हुनुका साथै खोकी र ज्वरो देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

बाराका एकजना कोरोना संक्रमितको पनि आजै बिहान ३ बजे नै वीरगञ्जस्थित नारायणी अस्पतालमै मृत्यु भएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3mJq1DW

Post a Comment

0 Comments