काँकडभिट्टा र भद्रपुर नाका सिल

२ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । विहीबार विहानदेखि ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो ।

पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

तिम्सिनाले यातायातका साधन तथा मानिसहरुलाई आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको बताए ।



from समाचार – Online Khabar https://ift.tt/3tx6xVH

Post a Comment

0 Comments