३१ चैत, काठमाडौं । भारतको निर्वाचन आयोगले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक दिनका लागि चुनाव प्रचार गर्न रोक लगाएको छ । चुनाव प्रचारको प्रतिबन्ध सोमबार रातिदेखि लागू भएको छ।
केही दिन अगाडि एक चुनावी र्यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको भन्दै निर्वाचन आयोगले एक दिनका लागि चुनाव प्रचारमा प्रतिबन्ध लगाएको हो ।
पश्चिम बंगाल विधानसभा निर्वाचन २७ मार्चदेखि सुरु भएको थियो । आठ चरणमध्ये चार चरणको चुनाव सम्पन्न भइसकेको छ । चार चरणको चुनाव बाँकी रहेको बेला ममतामाथि प्रतिबन्ध लगाइएको हो।
ममताले निर्वाचन आयोगको निर्णयलाई अलोकतान्त्रिक र असंवैधानिक भनेकी छन् । त्यसविरुद्ध मंगलबार कोलकाताको गान्धी मूर्ति अगाडि धर्नामा बस्ने घोषणा उनले गरेकी छन् ।
भारतीय जनता पार्टी (भाजपा)ले भने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ ।
from समाचार – Online Khabar https://ift.tt/326ymYE

0 Comments
if you have any doubts, please let us know.