१६ वैशाख, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनी आफैंले ट्वीटरमार्फत् दिएका हुन् ।
‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् ।
आफूलाई खासै अप्ठ्यारो नभएको र आफ्नो ख्याल गरिरहेको उनले उल्लेख गरेका छन् ।
समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ? भनेर पनि उनले प्रश्न गरेका छन् ।
from समाचार – Online Khabar https://ift.tt/3t8n8y4

0 Comments
if you have any doubts, please let us know.