१५ वैशाख, काठमाडौं । काठमाडौंको कोटेश्वरमा एक फर्निचर उद्योगमा आगलागी भएको छ ।
कोटेश्वरको झोलुंगे पुल नजिक हिरा महर्जनको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो । आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
आगोले नजिकका केही घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । बिजुली सट भएर आगलागी भएको अनुमान छ ।
दमकलको सहयोगमा गएराति १२ बजे आगो निभाइएको थियो ।
from समाचार – Online Khabar https://ift.tt/3nrYfMe

0 Comments
if you have any doubts, please let us know.