आईपीएल सट्टेबाजीको आरोपमा ११ जना पक्राउ

१३ वैशाख, काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले भने, ‘पक्राउ परेकाहरुमध्येलाई छानेर ११ जनालाई मुद्दा चलाउने तयारी गरेका छौं ।’

उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएका बिभिन्न खेलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3vl2AUs

Post a Comment

0 Comments